२५ असार, काठमाडौं। रास्वपा सांसद डा. राम लामाले किसानले समयमै पर्याप्त मल पाउन नसकेको बताएका छन् । संसद्मा बोल्दै उनले मलको समस्या समाधा गर्न ग्रीन युरिया प्लान्ट बनाउन माग गरेका छन् ।
‘नेपाललाई मलमा आत्मनिर्भर बनाउन पाँच लाख मेट्रिक टन क्षमताको ‘ग्रीन युरिया प्लान्ट’ स्थापना गरौं,’ उनले भने । विगत एक दशकदेखि किसानले समयमै पर्याप्त मल नपाएको समस्या दोहोरिँदै आएको उल्लेख गर्दै अहिलेको आयातमुखी प्रणालीका कारण मल नेपाल आइपुग्न औसतमा साढे सात महिना लाग्ने गरेको बताए ।
युरिया ट्रेडिङको अवधारणाबाट बाहिर निस्कन उनले सुझाए । ‘किसानलाई केन्द्रमा राखेर मल उद्योग स्थापना गर्नैपर्छ,’ उनले भने ।
सन् २०५० सम्म नेपाललाई अग्र्यानिक मलमा आधारित कृषि प्रणालीमा रूपान्तरण गर्ने दीर्घकालीन नीति बनाउन सकिने तर त्यस अवधिसम्म किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउर्नेमा जोड दिए ।
रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घटाउने स्वीकार्दै उनले पर्याप्त विकल्प तयार नगरी भावनाका भरमा नीति बनाउन नहुने बताए।
प्रतिक्रिया 4