+
+
Shares

सिंहदरबार घेर्न गएका आरक्षण बचाउ आन्दोलनका १९ जना पक्राउ

चन्द्र आले चन्द्र आले
२०७६ साउन २६ गते १३:३८

२६ साउन, काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो ।

भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित १४ जना पक्राउ परेका हुन् । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका थिए ।

पक्राउ परेका रिहा गर्न भन्दै नारा जुलुस गर्ने थप पाँच जनलाई प्रहरीले प्रदर्शनी मार्गबाट पक्राउ गरेको छ । पक्राउ परेको १९ जनालाई नेपाल पुलिस क्लवमा राखिएको छ ।

आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनको कामलाई निरन्तरता दिईरहेका छन । उनीहरुले सो विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन ।

    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?