+
+
Shares

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते १०:३६

२७ साउन, बुटवल । भैरहवा–तौलिहवा हुलाकी सडकखण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. २ अविरावकी ४२ वर्षीया प्रमिला यादव छन् ।

उनी छोरा सञ्जय यादवले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन् । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएपछि जिल्ला अस्पताल तौलिहवामा पुर्‍याइएकोमा उपचारका क्रममा सोमबार बिहान प्रमिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु नगरपालिका वडा नं.८ दोहनीस्थित हुलाकी सडक खण्डको पकडी नजिक लु २ त ५८३९ नम्बरको ट्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको यूपी ५५ एस ०२१८ नम्बरको भारतीय नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनापछि ट्याक्टर चालक भागेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख दीप शम्शेर जबराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?