News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
- कप्तान सन्दीप लामिछानेले टस जित्दा नेपालले अर्जुन कुमालको स्थानमा देव खनाललाई टोलीमा समावेश गरेको छ।
- शीर्ष ६ मा अटाउन नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ, किनकि उसले शनिबार क्यानडासँग हारेर सातौं स्थानमा झरेको थियो।
२ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाल टोलीमा आएका छन्।
लिग २ को अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।
सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग पराजित भएको थियो ।
नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो । अब नेपालले ओमानलाई हराए फेरि छैटौं स्थानमा उक्लिनेछ ।
लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, देव खनाल, इशान पान्डे, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी
प्रतिक्रिया 4