
नायिका स्वेता खड्काले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै यो उमेरसम्म आइपुग्दा आफूले जनी पाएको छु, त्यो भन्दा बढी गुमाएको उल्लेख गरेकी छिन् । नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ५ बर्ष भयो । श्रीकृष्णको निधन भएको पाँच बर्षमै स्वेता र श्रीकृष्णको परिवारले उनलाई विर्सिएको भन्दै केही मिडियामा र सामाजिक संजालमा आलोचना भयो ।
श्रीकृष्णको निधन साउनको २५ गते दिल्लीमा उपचारको क्रममा ५ बर्ष अगाडि भएको थियो । श्रीकृष्णको निधन भएको दिनमा पनि उनको परिवारले उनलाई संझन आवश्यक नठानेको भन्दै केही मिडिया र सामाजिक संजालमा आलोचना भएपछि स्वेताले लामो स्टाटस कोरेकी हुन् । स्वेताले लेखेकी छिन्–‘मेरा पति, मित्र र अभिभावलाई मैले सदासदाको लागि गुमाएको मेरो जिन्दगीको सबैभनदा कालो त्यो दिनलाई संझना भन्दा पनि विर्सन चाहन्छु । तर, कुनै न कुनै माध्यमबाट त्यो कालो दिनलाई संझाइदिने अनी खाटो बस्न लागेको घाउमा नुनचुक छरिदिने प्रयासहरु भैरहेका छन् ।’
स्वेताले श्रीकृष्णले भौतिक रुपमा संसारबाट बिदा लिएको दिनलाई धार्मिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै तिथी अनुसार कर्मकाण्डको बिधी पुरा गर्ने गरेको पनि लेखेकी छिन् । उनले, यसपटक श्रीकृष्णको पाँचौ पुण्ढ तिथी साउन २९ गते परेको पनि लेखेकी छिन् ।
स्वेताले आफ्नो आत्मिय मान्छेलाई संझनका लागि कुनै विशेष अवसर वा दिन पनि नचाहिने बताएकी छिन् । उनले श्रीकृष्णलाई हरेक दिन, पल र क्षणमा संझिने गरेको पनि उल्लेख गरेकी छिन् ।
प्रतिक्रिया 4