Comments Add Comment

कृषि सम्बन्धी पुस्तक अंग्रेजीमा हुँदा कृषकलाई समस्या : मन्त्री खनाल

२७ साउन, काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री चक्रपाणि खनालले कृषिका अनुसन्धान सामग्री अंग्रेजी भाषामा हुँदा कृषकहरुलाई समस्या भएको बताएका छन् । सोमबार राजधानीमा सुरु भएको एशियन कृषि सम्मेलन तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री खनालले वैज्ञानिक ज्ञान किसानले बुझ्ने भाषामा पढ्न नपाउँदा परम्परागत खेती प्रणाली सुधार गर्न नसकिएको उल्लेख गरे ।

मन्त्री खनालले भने, ‘जति अनुसन्धानहरु भएका छन्, ती सबैको रिपोर्ट अंग्रेजी भाषामा छन् । किसानले बुझ्ने भाषामा अनुसन्धानका ज्ञानहरु पुर्‍याउन नसक्दा धेरै समस्या आयो ।’

कृषिसँग सम्बन्धित विषयमा आजसम्म भएका अनुसन्धानलाई किसानले बुझ्ने भाषामा पुर्‍याउन आफू लागि परेको पनि मन्त्री खनालले बताए ।

उत्पादनका काममा दक्ष जनशक्ति मुलुकबाहिर हुनुको पीडा कृषि क्षेत्रले ब्यहोर्नु परेको पनि उनले बताए । कृषि क्षेत्रकोे विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु भित्र्याउन सरकार लागि परेको भन्दै उनले अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गरे । सरकारले विषादी परीक्षण ऐन ल्याउन लागेको जानकारी दिंदै मन्त्री खनालले ऐन आएपछि तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment