Comments Add Comment

राजीनामा फिर्ता लिन सांसद यादवलाई समाजवादी पार्टीको आग्रह

२८ साउन, काठमाडौं । प्रतिनिधिसभा सदस्य डा.सूर्यनारायण यादवले पदबाट दिएको राजीनामा फिर्ता समाजवादी पार्टी नेपालले आग्रह गरेको छ । सप्तरी क्षेत्र नम्बर १ बाट तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार भई निर्वाचित भएका यादवले सभामुख कृष्णबहादुर महरा समक्ष राजीनामाको निवेदन दिएका थिए ।

सांसद यादवको राजीनामा सभामुखसमक्ष आएको तर स्वीकृत भई नसकेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । यादवको राजीनामाका बारेमा सभामुख महराले समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियासँग समेत छलफल गरेका छन् ।

समाजवादी पार्टीका प्रमुख सचेतक अरगरियाले राजीनामा फिर्ता लिनका लागि डा.यादवलाई आग्रह गरिएको बताएका छन् । उनले राजीनामा स्वीकृतिका लागि पार्टीले सभामुखलाई पत्र नपठाएकाले अझै पनि राजीनामा फिर्ता हुने सम्भावना रहेको बताए ।

मृगौला र मधुमेहसम्बन्धी रोगबाट पीडित सांसद यादव बेला बेलामा बेहोस हुने गरेकाले स्वास्थ्यका कारण राजीनामा दिए पनि पार्टीले फिर्ता नलिन आग्रह गरिरहेको अरगरियाले बताए । उनले एकपटक चिकित्सकको रिपोर्ट हेरेपछि पार्टीले थप निर्णय गर्ने बताए ।

यद्यपी संसद नियमावलीअनुसार सभामुखले राजीनामा  स्वीकृत गर्न दलको पत्र आवश्यक पर्दैन । निर्वाचित सांसदले राजीनामा दिएको सम्वभतः यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment