Comments Add Comment

प्रदेश ५ लोकसेवा आयोगका अध्यक्ष भट्टराईले लिए सपथ

२८ साउन, बुटवल । प्रदेश ५ को लोकसेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मंगलबार आयोजित समारोहमा भट्टराईलाई उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलले सपथ गराएका हुन् ।

समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेललगायतको उपस्थिति रहेको थियो । मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख झाले भट्टराईलाई साउन २३ गते लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

योसँगै प्रदेश ५ मा प्रदेश कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । प्रदेश ५ सरकारका १ सय ४७ कार्यालयका लागि करिब ४ हजार कर्मचारी आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment