Comments Add Comment

अन्ततः अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा

२८ साउन, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसले ठूलै खैलाबैला मच्चियो ।

लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।

सन्दीपका म्यानेजर रमन सिवाकोटीका अनुसार क्यारेवियन लिगका खेलहरु विभिन्न शहरमा हुने भएकाले अमेरिकी भिसा हुँदा आउजाउ गर्न सहज हुन्थ्यो । फाइनल खेल फ्लोरिडामा हुने सम्भावना भएकाले अमेरिकी भिसा लिन खोजिएको थियो ।

तर दूताबासले भिसा दिन अस्वीकार गरेको थियो ।

सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्नेछन् सेप्टेम्बर ४ तारिखबाट सुरु हुने लिगका लागि उनी अगष्ट अन्त्यसम्म वेष्ट इण्डिज पुगिसक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment