Comments Add Comment

गृहमन्त्रीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति

२८ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ‘निर्मला प्रकरण यसअघि पनि थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ’ भन्ने गृहमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

मंगलबार संसदको विशेष समयमा बोल्दै कांग्रेस सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । ७ साउनमा गृहमन्त्रीले सार्वजनिक रुपमा निर्मला प्रकरण हिजो पनि थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ भनेका थिए ।

कँडेलले अभिव्यक्ति फिर्ता लिन गृहमन्त्रीसँग माग गरे । उनले भने, ‘यदि गृहमन्त्रीको यही ठहर हो भने तपाईको घर परिवारमा यस्तो भएको भए यही भन्नुहुन्थ्यो ? त्यसैले गृहमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने मेरो माग छ ।’

उनले निर्मला प्रकरण नमिता–सुनिता काण्ड जस्तै भएको भन्दै उनले त्यसबेला श्रीपेचको आडमा र अहिले विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिले घटना घटाएको दाबी गरे ।

तर, उनको अभिव्यक्तिमा नेकपा सचेतक शान्ता चौधरीले नियमापत्ति गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment