+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

गुल्मीका पहिरो पीडितलाई विद्यालयबाट अस्थायी आवासमा सारिने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते १७:४२

२८ साउन, गुल्मी । सत्यवती गाउँपालिकाका पहिरो प्रभावितलाई विद्यालयबाट अस्थायी आवासमा सारिने भएको छ ।

पहिरो प्रभावित बस्दै आएका विद्यालयमा भदौ १ गतेदेखि पढाइ हुने भएकाले अस्थायी आवासमा राख्ने तयारी भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । बस्न मिल्ने अवस्थाको घर भएका पीडितलाई घर फिर्ता गरिने उनले बताए ।

पीडितहरुको लागि अस्थायी आवास निर्माण पनि सुरु गरिएको छ । शनिबारसम्म ती अस्थायी आवास तयार हुने र पीडितलाई सारिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

१ सय १० घर परिवार अझै पनि उच्च जोखिममा रहेकोले उनीहरुको लागि जस्ता तथा टेन्टको प्रयोग गरी अस्थायी शिविर निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।

गत साउन ७ गते राति पहिरोले घर भत्किने र जोखिममा परेपछि ३ सय ७ घर परिवारका १२ सय ६० प्रभावित विद्यालयमा आश्रय लिएर बस्दै आइरहेका छन् । सो पहिरोमा परेर १३ जनाको मृत्यु भएको थियो भने कयौं घर भत्किएको थियो ।

एक करोड बढी आर्थिक संकलन

प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि अहिलेसम्म एक करोड रुपैयाँ बढी रकम संकलन भइसकेको छ ।

विभिन्न राजनीतिक दल, स्थानीय तह र संघसंस्थाबाट आर्थिक संकलन भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । अझै पनि सहयोग प्राप्त हुने क्रम जारी रहेको भण्डारीले बताए । भण्डारीका अनुसार राहत स्वरुप नगद, खाद्यन्न, लत्ता कपडा एवं अन्य राहतका सामग्री प्राप्त भएको छ ।

सवैभन्दा बढी भौतिक क्षति वडा–३ ठुलोलुम्पेकमा भएको छ । जसका कारण नगद तथा राहत सामग्री ठुलोलुम्पेकमा धेरै संकलन भएको छ ।

ठुलोलुम्पेकमा तीन सय ८० क्वीन्टल चामल, २२ क्वीन्टल ८० केजी दाल, १३ क्वीन्टल नुन, १३ सय २३ लिटर तेल तथा तीन सय ७० ब्लाङकेट, एक सय १८ थान कम्बल, पाँच सय २२ थान विभिन्न कपडा प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?