+

मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकमा रोबिन उथप्पा

२०८३ कात्तिक  १३ गते ११:३९ २०८३ कात्तिक १३ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुम्बई इन्डियन्सले भारतका पूर्व ब्याटर रोबिन उथप्पालाई आईपीएल २०२७ अघि ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ।
  • मुम्बईले मिचेल म्याक्लेनाघनलाई बलिङ प्रशिक्षक, टी दिलीपलाई फिल्डिङ प्रशिक्षक र धवल कुलकर्णीलाई डेभलपमेन्ट बलिङ प्रशिक्षक पनि नियुक्त गरेको छ।
  • नयाँ प्रशिक्षक टोलीको पहिलो चुनौती १६ डिसेम्बरमा गोवामा हुने आईपीएल २०२७ को मिनी अक्सन हुनेछ।

१३ कात्तिक, काठमाडौं । भारतका पूर्व ब्याटर तथा दुई पटकका आईपीएल विजेता रोबिन उथप्पा मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन्। आईपीएलको सन् २०२७ को सिजनअघि मुम्बईले आफ्नो प्रशिक्षक टोलीमा नयाँ सदस्य थपेको हो।

मुम्बईले न्युजिल्यान्डका पूर्व तीव्र गतिका बलर मिचेल म्याक्लेनाघनलाई बलिङ प्रशिक्षक, टी दिलीपलाई फिल्डिङ प्रशिक्षक र धवल कुलकर्णीलाई डेभलपमेन्ट बलिङ प्रशिक्षक नियुक्त गरेको छ। उनीहरूले मुख्य प्रशिक्षक कायरन पोलार्डसँग काम गर्नेछन्।

गत साता महेला जयवर्धनेको स्थानमा पोलार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको मुम्बईले बिहीबार बलिङ प्रशिक्षक लसिथ मालिंगा र पारस म्हाम्ब्रेसँगै फिल्डिङ प्रशिक्षक कार्ल हप्किन्सनसँगको सहकार्य पनि अन्त्य गरेको थियो।

उथप्पा र म्याक्लेनाघन दुवैले खेलाडीका रूपमा मुम्बईबाट खेलिसकेका छन्। उथप्पाले सन् २००८ मा आईपीएलको पहिलो संस्करणमा मुम्बईबाट खेलेका थिए। उनले एक सिजनमा १४ खेल खेल्दै ३०.५८ को औसत र ११४.६९ को स्ट्राइक रेटमा ३२० रन बनाएका थिए।

त्यसपछि उनले आईपीएलका अन्य पाँच टोलीबाट खेले। उनले सन् २०१४ मा कोलकाता नाइट राइडर्स र सन् २०२१ मा चेन्नई सुपर किंग्सबाट उपाधि जितेका थिए। आईपीएलमा कुल २०५ खेल खेलेका उथप्पाले ४ हजार ९५२ रन बनाएका छन्।

म्याक्लेनाघनले सन् २०१५ देखि २०१९ सम्म पाँच सिजन मुम्बईबाट खेलेका थिए। उनले ५६ खेलमा ७१ विकेट लिएका थिए। मुम्बईले सन् २०१५ र २०१९ मा आईपीएल उपाधि जित्दा उनी टोलीका सदस्य थिए।

भारतका लागि १२ एकदिवसीय र दुई टी–२० अन्तर्राष्ट्रिय खेलेका कुलकर्णीले पनि मुम्बईबाट दुई चरणमा खेलिसकेका छन्। उनले सन् २००८ देखि २०१३ सम्म तथा सन् २०२० र २०२१ मा मुम्बईको प्रतिनिधित्व गरेका थिए। सन् २०१३ र २०२० मा मुम्बईले उपाधि जित्दा उनी टोलीमा थिए।

पूर्व भारतीय फिल्डिङ प्रशिक्षक दिलीपले सन् २०२१ देखि २०२४–२५ को बोर्डर–गावस्कर ट्रफीसम्म राष्ट्रिय टोलीसँग काम गरेका थिए। त्यसपछि सन् २०२५ मा पनि उनले एक वर्ष भारतीय टोलीको फिल्डिङ प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

मुम्बईको नयाँ प्रशिक्षक टोलीको पहिलो चुनौती डिसेम्बर १६ मा गोवामा हुने आईपीएल २०२७ को मिनी अक्सन हुनेछ।

आईपीएल २०२७ मुम्बई इन्डियन्स रोबिन उथप्पा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय