News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी थोक बजारमा आज मटरकोसा १ सय १७ बाट १ सय ३५, घिउसिमी १ सय १० बाट १ सय २७ र हरियो भटमास ९५ बाट १ सय १० रुपैयाँ पुगेको छ ।
- भिन्डी ६३ बाट ७५, घिरौँला २५ बाट ३५ र सुकेको चाइनिज लसुन २ सय ३० बाट २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
- अकबरे खुर्सानी १ सय ७५ बाट १ सय २५, बुलेट खुर्सानी १ सय १० बाट ९६ र टाटेसिमी ६५ बाट ५५ रुपैयाँमा झरेको छ ।
१३ कात्तिक, काठमाडौं । बजारमा केही कोसे तथा मौसमी तरकारीको भाउ बढेको छ भने खुर्सानी लगायत सस्तो भएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको थोक मूल्यसूची अनुसार ठूलो गोलभेँडा (नेपाली र भारतीय दुवै), रातो आलु र सुकेको प्याजको मूल्य स्थिर छ ।
आज ठूलो गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँ, रातो आलु (मुडे र लाम्चो) ५७ र भारतीय सुकेको प्याज ८७ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजोको तुलनामा आज विशेषगरी कोसे तरकारीको भाउमा वृद्धि भएको छ । हिजो प्रतिकिलो १ सय १७ रुपैयाँ रहेको मटरकोसा आज बढेर १ सय ३५ पुगेको छ ।
त्यसैगरी हिजो १ सय १० रुपैयाँमा कारोबार भएको घिउसिमी (राजमा) आज १७ बढेर १ सय २७ रुपैयाँ पुगेको छ । हरियो भटमास पनि प्रतिकिलो ९५ बाट बढेर १ सय १० रुपैयाँ पुगेको छ ।
अन्य तरकारीमा भिन्डी प्रतिकिलो ६३ बाट ७५, घिरौँला २५ बाटर ३५ र सुकेको चाइनिज लसुन २ सय ३० बाट आज २ सय ४० रुपैयाँ पुगेको छ ।
आज खुर्सानी र करेलाजस्ता केही तरकारीले भने उपभोक्तालाई राहत दिएका छन् । आज सबैभन्दा धेरै गिरावट अकबरे खुर्सानीमा आएको छ । हिजो प्रतिकिलो १ सय ७५ रहेको अकबरे खुर्सानी आज एकैदिन ५० रुपैयाँ घटेर १ सय २५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै बुलेट खुर्सानी हिजोको १ सय १० बाट घटेर ९६ रुपैयाँ कायम भएको छ । लोकल र हाइब्रिड घिउसिमी हिजोको ३५ बाट घटेर २५, तितेकरेला ८५ बाट ७५ र टाटेसिमी ६५ बाट घटेर ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया 4