Comments Add Comment

लोनमा बायर्न म्युनिख आए पेरिसिक

२८ साउन, काठमाडौं । क्रोएसियाका विंगर इभान पेरिसिक लोनमा बायर्न म्युनिख आएका छन् । ३० वर्षका पेरिसिक इटालियन क्लब इन्टर मिलानबाट एक वर्षे लोनमा जर्मन च्याम्पियन आएका हुन् ।

आर्सनलले पनि जनवरीमा पेरिसिकलाई भित्र्याउने प्रयास गरेको थियो भने म्यानचेष्टर युनाइटेड पनि इच्छुक थियो । तर बायर्न ले बाजी मारेको छ ।

बोरुसिया डर्टमुन्ड र वोल्फबर्गबाट बुन्डेसलिगा खेलेका उनी २०१५ मा इन्टर मिलान गएका थिए । ‘जर्मनी फर्किँदा म खुसी छु । बार्यन युरोपको ठूलो क्लब हो’ उनले भने, ‘हामी आक्रमणमा जान चाहन्छौं, बुन्डेसलिगामा मात्र होइन, डीएफबी कप र च्याम्पियन्स लिगमा पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment