+
+
Shares

१ लाख ६० हजार घुससहित जनप्रतिनिधिका छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते १६:०१

२८ साउन, जनकपुरधाम । महोत्तरीका एक जनप्रतिनिधिका छोरा जनकपुरधामबाट घूससहित पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडिबाट महोत्तरीको भंगहा नगरपालिका ८ का सदस्य कारी साहका छोरा मुकेश घूससहित मंगलबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले वडा सदस्य साहका छोरा मुकेशलाई १ लाख ६० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

सडक ढलान गरेको उपभोक्ता समितिका पदाधिकारीको बिल पास गरिदिने नाममाम वडाध्यक्ष रफिक आलम र सदस्य कारीले घुस मागेका थिए ।

पक्राउ परेका मुकेशमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?