Comments Add Comment

रियल मड्रिड रोमासँग स्तब्ध

२७ साउन, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड मैत्रीपूर्ण खेलमा रोमासँग पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड रोमासँग पेनाल्टी सुटआउटमा पराजित भएको हो ।

निर्धारित समयसम्म २-२ गोलको बराबरी खेलेको रियल पेनाल्टीमा भने ५-४ ले पराजित हुन पुग्यो ।

खेलमा सुरुवाती अग्रता भने रियलले बनाएको थियो । खेलको १६ औं मिनेटमा नै मार्सेलोले गोल गर्दै अग्रता दिलाएका थिए । तर ३४औं मिनेटमा डिएगो पेरोटीले रोमाका लागि गोल गर्दै १-१ को बराबरीमा ल्याएका थिए ।

३९औं मिनेटमा रियलका लागि कासिमिरोले गोल गर्दै २-१ गोलको अग्रता दिलाए । तर ४० औं मिनेटमा रोमाले गोल गर्दै २-२ गोलको बराबरीमा ल्यायो । यो पटक भने इडिन डिजकोले गोल गरे ।

पहिलो हाफमै २-२ गोल भएको खेलमा दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा भने रियल ५-४ ले स्तब्ध बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment