Comments Add Comment

संयुक्त सैन्य अभ्यासबाट उत्तर कोरिया रिसायो, दक्षिण कोरियासँगकाे शान्ति वार्ता अस्वीकार

३१ साउन, काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँग शान्तिवार्ता नगर्ने घोषणा गरेको छ । दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य अभ्यासले क्रुद्ध बनेको उत्तर कोरियाले दक्षिणसँग वार्तामा नबस्ने बताएको हो ।

दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यास अहिले चलिरहेको छ । अभ्यास मुख्यगरी कम्प्युटर सिम्युलेशनमा आधारित रहेको बताइएको छ । यद्यपि, उत्तरले युद्धको तयारीका लागि यस्तो गरिएको भन्दै शंका व्यक्त गरेको छ ।

उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले एक विज्ञप्ति जारी गरी विगतमा अमेरिका र दक्षिण कोरियासँग भएको सहमति संयुक्त सैन्य अभ्याससँगै तोडिएको बताएको छ । साथै उसले वार्ताको वातावरण विथोलेको निष्कर्ष पनि सुनाएको छ ।

उसले भनेको छ– संयुक्त सैन्य अभ्यासपछि पनि वार्तामा बस्न सकिन्छ भनेर भ्रम नपाले हुन्छ ।’

सैन्य अभ्यासप्रति रुष्ट प्योङ्याङ्ले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति पनि आक्रोस पोखेको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले हालैको आफ्नो सम्बोधनमा सन् २०४५ सम्म दुई कोरियाको एकता गरिसक्ने उल्लेख गरेका थिए । त्यस्तै उनले संयुक्त सैन्य अभ्यासको पनि बचाउ गरेका थिए ।

उत्तरले यसको प्रतिक्रियास्वरुप थप क्षेप्यास्त्रसमेत परीक्षण गरेको छ । दक्षिण कोरियाको पूर्वी तट पर शुक्रबार बिहानै दुई क्षेप्यास्त्र प्रहार भएको हो । यो उत्तर कोरियाले केही साताको बीचमा गरेको छैटौं परीक्षण हो । ६ दिनअघि मात्रै उसले सर्ट रेन्जको दुई ब्यालेष्टिक मिसाइल जापानको समुद्रमा प्रहार गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन ऊनबीच जुन महिनामा भएको भेटघाटमा परमाणु निःशस्त्रीकरणबारे पुनः वार्ता सुरु गर्ने सहमतिपश्चात यी श्रृंखलाबद्ध परीक्षण भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment