Comments Add Comment

बसन्तपुरमा मनाइयो गाईजात्रा (फोटो फिचर)

३१ साउन, काठमाडौं । आज गाईजात्रा । एक वर्षयता मृत्यु भएका आफन्तको सम्झना गर्दै काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले विशेष रुपमा मनाउँदैछन् ।

काठमाडौं उपत्यकाका धेरै टोलमा यो पर्व मनाइन्छ । दिवंगत आफन्तको नाममा गाई गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । शुक्रबार दिउँसो काठमाडौंको बसन्तपुरमा गाईजात्रा मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment