Comments Add Comment

नेकपाको उपाध्यक्षमा बामदेव गौतम

३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ ।

नेकपा सचिवालयको शुक्रवार बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पद सिर्जना गरेर गौतमलाई जिम्मेवारी दिने प्रस्ताव राखेका हुन् ।

तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन गर्दा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सिर्जना गरिएको छ ।

‘अध्यक्षद्धयले बामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव राख्नुभएको छ । उहाँहरुले त आजै निर्णय गरौं भन्नुभएको थियो तर हामीले अर्को बैठकमा गरौं भनेका छौं’ एक नेताले भनेका छन् ।

नेकपा महासचिव बिष्णु पौडेलले पनि गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटीमा लगिने अनलाइनखबरलाई बताए ।

गौतमलाई पदैपद

तत्कालिन एमालेका वरिष्ठ उपाध्यक्ष गौतम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट थिए । उनी पार्टी एकतापछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ समूहमा सक्रिय थिए ।

पाँच नेता एक ठाउँमा उभिँदा सचिवालयमा पार्टी अध्यक्ष ओली स्वयं अल्पमतमा परेका थिए ।

यो पनि पढ्नुहोस अन्ततः नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल

तर पछिल्लो पटक ओलीसँग लगातार सम्वादमा रहेका गौतमले गुट परिर्वतन गरेको नेकपाका नेताहरु बताउँछन् । ओली गुटमा गएपछि उनले संगठन विभागका प्रमुख पद सहजै पाएका छन् । उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव अध्यक्षद्धयले राखेका छन् ।

स्रोतका अनुसार कास्की २ मा हुने उपचुनावमा पनि गौतम उम्मेदवार बन्ने लगभग पक्का भएको छ । गौतमलाई प्रधानमन्त्री ओलीले उम्मेदवार बन्न समेत प्रस्ताव गरेको स्रोतको दाबी छ ।

गौतम स्वयंले भने आफू कास्की २ मा उम्मदेवार बन्ने इच्छा नराखेको दाबी गर्दै आएका छन् ।

तत्कालीन पर्यटनमन्त्रीसमेत रहेका नेकपा सांसद रवीन्द्र अधिकारीको १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की २ को प्रतिनिधि सदस्य पद रिक्त छ ।

अधिकारीकी पत्नी विद्या भट्टराई पनि उम्मेदवारको दाबेदार मानिएकी छन् । कास्की २ सहितका स्थानमा मंसिर १४ मा उपचुनाव तोकिएको छ ।

यो पनि पढ्नुहोस नेकपाका नेताहरु कसले कुन जिम्मेवारी पाए ? (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment