+
+
Shares

अफगानिस्तानमा विवाह समारोहमा आत्मघाती हमला, ६३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १६:५६

१ भदौ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा वैवाहिक समारोहलाई लक्षित गरी शनिवारराति आत्मघाती हमला हुँदा ६३ जनाको मृत्यु भएको छ ।

हमलामा परी १८० जना भन्दाबढी घाइते भएका छन् । हमलामा महिला तथा बालबालिका मारिएको अफगानिस्तानका आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहीमीले बताएका छन् । उनका अनुसार यो वर्ष काबुलमा भएको सबैभन्दा भयानक आक्रमण हो । वैवाहिक हलमा पुरुषहरूको स्वागत क्षेत्रमा पश्चिमी काबुलको अल्पसंख्यक शियाको छेउछाउमा आत्मघाती विस्फोट भएको थियो ।

प्रत्यक्षदर्शीहरुले भनेका छन्, ‘शिया मुस्लिम समुदायका सदस्यहरूले विवाह समारोहमा आयोजना गरेका थिए ।’

अमेरिकाले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता गर्नका लागि अफगान सरकार र तालिवानबीच शान्ति वार्ताको प्रयास गरिरहेको समयमा काबुलमा बिष्फोट भएको हो ।

घटनाको अहिलेसम्म कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन । तालिवानले यस आक्रमणमा कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?