Comments Add Comment

माधवकुमार नेपालको तेस्रो वरियता खोसियो

१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा माधवकुमार नेपालको तेस्रो वरियता खोसिएको छ ।

आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो । नेपाल अब चौथो नम्बरमा पुगेका छन् ।

तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा नेता नेपाललाई राखिएको थियो । नेता खनालले त्यसमा असहमति जनाउँदै आफू तेस्रो वरियतामा हुनुपर्ने माग गरेका थिए ।

झण्डै डेढ वर्षसम्म खनालको असन्तुष्टि सुनुवाई भएको थिएन । तर, नेकपाको आन्तरिक समिकरणमा आएको उथलपुथलसँगै खनालको माग सम्बोधन भएको छ ।

ओलीले बदला लिएः नेता नेपाल

स्रोतका अनुसार बैठकमा नेता नेपालले वरियता खोस्ने प्रस्तावको कुनै प्रतिवाद गरेनन् । बरु यो आफूले नभई पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको त्रुटी भएको बताए । झलनाथ खनालसँग बदला लिन आफूलाई तेस्रो वरियता दिएको र अहिले आफूसँग बदला लिन खनाललाई अघि सारेको उनले बताए ।

नेता नेपालले तत्कालीन एमालेमा उपाध्यक्षभन्दा तल रहेका नेताहरु अहिले नेकपाको सचिवालयमा रहेको भन्दै त्यो त्रुटी सच्याउन पनि प्रस्ताव राखेका छन् ।

यसो भएमा अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवाली सचिवालयमा ल्याउनुपर्ने हुन्छ । किनकी, तत्कालीन एमालेमा तीन नेता उपाध्यक्ष थिए भने तत्कालीन महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल हाल सचिवालयमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment