+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
८७ बलमा १४० रन आवश्यक
चितवन राइनोज 2025
30/3 (5.3)
Shares

युरोपका बिरामी पनि उपचार गर्न नेपाल आउँछन् : स्वास्थ्यमन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३ गते १५:०५

३ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै रोगको उपचारका लागि विदेश जानु नपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले धेरै रोगको विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको बताए । ‘नेपालका अस्पतालमा एसियामात्र होइन, युरोपका विरामी पनि आएका छन्’ विराटनगर, लाहान र नेपालगञ्जमा आँखाका विरामी ८० प्रतिशत भन्दा बढी बाहिरबाट आएका छन्’ उनले भने ।

क्यान्सरको उपचारमा पनि नेपालको उपचार राम्रो रहेको र धेरै विरामी विदेशबाट आउने गरेको उनको दाबी छ । ‘मिर्गौला प्रत्यारोपण, न्युरो सर्जरीको उपचार विश्वस्तरको छ, सफल उपचार भइरहेको छ’ उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने ‘हामीकहाँ सम्भव नभएको केही केस पनि छन् । त्यसको उपचार बाहिर गर्नुपर्छ ।’

उनले अघि भने, ‘हाम्रो प्रयास हाम्रै देशमा उपचार होस् भन्ने हो, तर विदेशमा उपचार रोक्ने कानुन छैन ।’

सरकारी डाक्टरलाई निजीमा जान रोक्दैछौं

उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले सरकारी अस्पताललाई निजी अस्पतालमा विरामी जाँच्ने रोक्ने गरी कानुनी व्यवस्था भएको बताए ।

‘राष्ट्रिय स्वास्थ्य नीति २०७५ र १५ औं योजनामा रहेको एक चिकित्सक एक अस्पतालमा काम गर्ने अवधारणा सबै सरकारी अस्पतालमा क्रमशः लागू गरिनेछ’ उनले भने, ‘यो कार्यक्रम प्रभावकारी रुपमा लागू गर्न सेवाको पहुँच विस्तार गर्न सरकारी अस्पतालमा अतिरिक्त सुविधासहितको विस्तारित स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नेछौं ।’

सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले निजी अस्पतालमा काम गर्ने स्थिति अन्त्य गर्नुपर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?