Comments Add Comment

इन्डोनेसियामा रोहित बने ‘म्यान अफ द म्याच’

३ भदौं, काठमाडौं । इन्डोनेसियन लिग वानमा पर्सिजा जाकार्ताको जितमा नेपाली फुटबर रोहित चन्द ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

इन्डोनेसियन लिग वान फुटबलमा आज (मंगलबार) भएको खेलमा पर्सिजा जाकार्ताले कल्टेङ पुट्रालाई ३–० गोलअन्तरले पराजित गर्दा रोहित ‘म्यान अफ द म्याच’ बन्न सफल भए । पूरै समय मैदानमा विताएका रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जाकार्ताको जितमा हेरी सुसान्टो, मार्को सिमिक, सान्दी सुतेले गोल गरे ।

खेलको १३औं मिनेटमा नै सुसान्टोले गोल गर्दै जाकार्तालाई अग्रता दिलाएका थिए । उनकै गोलको आधारमा जाकार्ताले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको जाकार्ताले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ४९ औं मिनेटमा सिमिक र ९० औं मिनेटमा सुतेले गोल गर्दै जाकार्तालाई कल्टेङ पुट्रामाथि ३–० गोलको जित दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment