Comments Add Comment

६ दिनमा ‘मिसन मंगल’ले कति कमायो ?

अक्षय कुमार स्टारर चलचित्र ‘मिसन मंगल’ले बलिउड बक्स अफिसमा धमाका मच्याइरहेको छ । रिलिजको ६ दिनमा नै चलचित्रले १ सय करोड बढिको व्यापार गर्न सफल भएको छ । ६ दिनमा चलचित्रले १ सय १४ करोड कमाएको छ ।

बिहिबार रिलिज भएको यस चलचित्रले पहिलो दिन २९ करोड १६ लाखको व्यापार गर्यो ।शुक्रबार १७ करोड २८ लाखको मात्र व्यापार गरेको चलचित्रले शनिबार २३ करोड ५८ लाख कमायो । आइतबार, सोमबार र मंगलबार क्रमश २७ करोड ५४ लाख, ८ करोड ९२ लाख र ७ करोड ९२ लाख कमायो ।

यो कमाई अक्षयको अघिल्लो चलचित्र केशरीले दुई सातामा पुरा गरेको थियो । तर, यस चलचित्रले भने रिलिजको ६ दिनमा नै उक्त रेकर्ड तोडिदियो । बुधबारसम्मको व्यापारलाई अनुमान गर्दा चलचित्रले १ सय २५ करोड हाराहारीमा व्यापार गर्ने देखिन्छ ।

मिसन मंगलमा अक्षयको साथमा विद्या बालन, तपसी पन्नु, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment