Comments Add Comment

गुल्मीको विद्यालयमा २ रुपैयाँ राखे सेनेटरी प्याड आउने मेशिन

६ भदौ, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयलाई अटोमेटिक सेनेटरी प्याड (भेन्डिङ) मेशिन प्रदान गरिएको छ ।

रेसुङ्गा नगरपालिका-८ स्थित खानिगाँउमा रहेको विद्यायललाई सुरक्षित महिनावारी अभियानको क्षेत्रमा क्रियाशील गंगा खड्काले मेशिन प्रदान गरेकी हुन् । मेसिन नगरपालिकाकी उपप्रमुख सीता भण्डारीद्वारा हस्तान्तरण गरिएको हो ।

खड्कालाई केही दिनअघि दुर्गममा बसेर विद्यालयका किशोरी छात्राहरुलाई लक्षित गरी अभियान संचालन गरेको भन्दै खानेपानी तथा सरसफाइ मन्त्रालयलले उक्त मेशिन उपहारस्वरुप प्रदान गरेको थियो ।

मेसिन हस्तातरण गर्दै रेसुङ्गा नगरपालिकाकी उपप्रमुख भण्डारीले प्रदान गरिएको मेसिको भरपुर प्रयोग गर्न र यसको संरक्षण गर्न आग्रह गरिन ।

महिनावारी अभियानको क्षेत्रमा क्रियाशील खड्काले आफूले बिगतमा भोगेका पीडाहरु अबका किशोरीलाई भोग्न नदिनको निम्ति अभियान सुरु गरेको बताइन् । मेशिन जडान गरेसँगै छात्राहरूलाई सहज हुने विश्वास लिइएको छ ।

विद्यालका प्रधानाध्यापक डोरबिक्रम श्रीसले मेसिनको विद्यालयले अधिकतम प्रयोग गर्नेर् बताए ।

यो मेशिनमा २ रुपैयाँ राखेपछि आफैं सेनेटरी प्याड निस्किन्छ । सिद्धवावा माध्यमिक विद्यालय भेन्डिङ मेसिन जडान गर्ने जिल्लाको पहिलो विद्यालय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment