+
+
Shares

‘खाली पीली’मा इशान र अनन्याको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १३:४६

बलिउड नायिका अनन्या पाण्डेले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट यो रंगिन दुनियाँमा पाइला चालेकी थिइन् । यो चलचित्र बक्स अफिसमा सफल पनि भयो । योसँगै अनन्यालाई ठूला ब्यानरका चलचित्रबाट अफर आइरहेको छ ।
हालैमात्र उनले टी–सिरिजको ब्यानरमा बनेको चलचित्र ‘पति, पत्नी ओर ओ’को छायांकन पनि सकेकी छिन् ।

यसैविच, उनको तेश्रो चलचित्रको घोषणा गरिएको छ । अनन्याले तेश्रो चलचित्रमा ‘धडक’ डेब्यू नायक इशान खट्टरको साथमा रोमान्स गर्ने भएकी छिन् । यो चलचित्रलाई अली अब्बास जफर र जी स्टूडियोको ब्यानरमा निर्माण गर्ने तयारी गरिएको छ । चलचित्रको नाम ‘खाली पीली’ राखिएको छ ।

चलचित्रलाई मकबुल खानले निर्देशन गर्ने भएका छन् । सेप्टेम्बर ११ बाट चलचित्रको छायांकन सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?