+
+
Shares

कांग्रेसले भन्यो, भिडियो कन्फ्रेन्स मार्फत बसेको मन्त्रीपरिषद् बैठक त्रुटीपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १८:५०

११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति आपत्ती जनाएको  छ ।

नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा बुधबार संचारकर्मीसंग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफै बैठकमा सहभागी हुनु संवैधानिक र कानूनी प्रक्रियागत रुपमा नै त्रुटीपूर्ण भएको बताए ।

भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति आपत्ती प्रकट गर्दै उनले प्रविधि प्रयोग गरेर गरिएका कतिपय अभ्यासहरुको गोपनियता भंग हुने भएकाले यस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न नसकिने बताए ।

प्रवक्ता शर्माले गोपनियता भंग हुन सक्ने र न्यायपालिका र व्यवस्थापिकामा पनि यस्तै नजिर बस्न सक्ने भन्दै आपत्ती जनाए । मन्त्रीपरिषद् बैठक सञ्चालन कार्यविधि हलुका ढंगले संसोधन गर्ने परिपार्टीले भविष्यमा वेथिति ल्याउने उनको भनाइ थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबारका लागि बोलाईएको कांग्रेस केन्द्रीय समिति बैठक विहिबार अपरान्ह सम्मकालागि स्थगित भएको छ ।

बैठकमा समय अवधि सकिएका भात्तृसंस्थाहरु र जनसम्पर्क समिति लगायतबारे छलफल हुने कार्यसूची थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?