Comments Add Comment

जीवित देवी कुमारीको मासिक भत्ता ५० हजार

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले जीवित देवी कुमारीको रुपमा पुजिने कुमारीको मासिक भत्ता वृद्धि गरेको छ ।

राजधानीमा आइतबार आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले कुमारीको मासिक भत्ता मासिक २५ हजारबाट बढाएर ५० हजार रुपैयाँ बनाएको जानकारी दिए । त्यस्तै चिताइदारले पनि मासिक २५ हजार पाउँदै आएकोमा बढाएर ५० हजार पुर्‍याइएको छ ।

त्यस्तै अब हरेक महिना पूर्व कुमारीले १५ र पूर्व गणेश र पूर्व भैरवले १२–१२ हजार प्राप्त गर्नेछन् । पूर्वकुमारी र चिताइदारले भने १५–१५ हजार प्राप्त गर्नेछन् । यस अघिसम्म पूर्वभैरव र गणेशले ८–८ हजार र पूर्व कुमारी र चिताइदारले १०–१० हजार प्राप्त गर्दै आएका थिए ।

काठमाडौँ महानगरपालिकाले ईन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । महानगरपालिकाले सो समितिलाई २०७५ सालको रकम हस्तान्तरण गरेको हो । यो वर्षदेखि करीब २४ लाख रुपयाँ सहयोग गर्ने महानगरपालिकाले प्रतिवद्धता व्यक्त गरेको छ ।

०७५ साल अघिसम्म इन्द्रजात्राका लागि केन्द्र सरकारले १४ लाख र महानगरपालिकाले १० लाख रुपैयाँ सहयोग गर्दै आएको थियो । अब सबै रकम महानगपालिकाले नै सहयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment