+
+
Shares

परराष्ट्रमन्त्री ज्ञवाली माल्दिभ्स प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १८:१७

१६ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दुई दिने सम्मेलनमा सहभागी हुन आइतबार माल्दिभ्स प्रस्थान गरेका छन् । भदौको १७ र १८ गते हुने चौथो हिन्द महासागर सम्मेलनमा सहभागी हुन उनी माल्दिभ्सको राजधानी माले गएका हुन् ।

सम्मेलनमा विभिन्न ४० देशका देशका राष्ट्रप्रमुख, सरकारप्रमुख, परराष्ट्रमन्त्री, मन्त्री र कुटनीतिज्ञ सहभागी हुने कार्यक्रम छ । उक्त सम्मेलनमा यस वर्षको नारा हिन्द महासागर क्षेत्रको सुरक्षा : परम्परागत तथा आधुनिक चुनौती’ भन्ने रहेको छ ।

सम्मेलनलाई परराष्ट्रमन्त्री ज्ञवालीले भदौ १७ गते संबोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले माल्दिभ्सका परराष्ट्रमन्त्री अब्दुल्लाह शाहिदसँग भेट्ने कार्यक्रम रहेको छ । उनी भदौको १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?