+
+
Shares

छापामा आज : निजगढमा प्रदेश २ ले रूख काट्न नदिने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते ६:५५

१५ भदौ, काठमाडौं । सुर्खेतको गौहत्या प्रकरणदेखि तमसुक बनाएर सर्लाहीका स्थानीयमाथि एक व्यक्तिले गरेकाे ठगीसम्मका विषय आजका दैनिक पत्रिकारूको प्राथमिकतामा परेका छन् ।

कान्तिपुर र अन्नपूर्णले आज नक्कली तमसुक बनाउँदै सर्लाहीका एक व्यक्तिले गरेको अतिचारबारे मुख्य समाचार बनाएका छन् । सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी) नामका व्यक्तिले नक्कली तमसुक बनाउँदै गाउँलेलाई ठगेका हुन् । उनले एउटै ऋणका १९ वटासम्म तमसुक बनाएको पाइएको छ । अन्नपूर्णका अनुसार, परदेशीले १–२ जना मात्र नभएर ३०० जनासँग जबरजस्ती असुली गरेका छन् । समाचार अनुसार, नतिर्नेलाई धम्क्याउने तथा अदालतमा मुद्दा हाल्नेसम्मका हर्कत उनले गर्ने गरेका छन् । यस्तो अतिचारपछि केहीले आत्महत्या समेत गरेको पाइएको छ ।

पटक–पटक ठगिएको गुनासो गर्दा पनि न्याय नपाएपछि गाउँलेहरू न्यायका लागि दोस्रोपटक काठमाडौं आएको कान्तिपुरले लेखेको छ । परदेशीले फर्जी कागज बनाएर लिएकोभन्दा बढी ऋण तिर्न बाध्य पारेर अदालतमा मुद्दा हालेपछि दुई वर्षअघि पनि उनीहरु यसरी नै राजधानी आएका थिए । तर, न्याय पाउनुको साटो उल्टै असुली यथावत रहेपछि उनीहरू पुनः आफ्नो न्यायका लागि राजधानी आएका हुन् ।

प्रदेश २ सरकारले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरु काट्न नदिने भएको खबर कान्तिपुरले छापेको छ । समाचार अनुसार उसले विमानस्थल बनाउन प्रदेशभित्रैको अरू खाली जग्गा प्रयोग गर्न संघीय सरकारलाई सुझाउने निर्णय गरेको छ ।

पछिल्लो समय निजगढमा रुख काटेर विमानस्थल बनाउने कि अन्यत्र बनाउने भन्ने विषय बहसमा छ ।

प्रदेशमा वन क्षेत्र ४० प्रतिशत पुर्याउने घोषणा गरिएकामा रुख काटेर विमानस्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि सुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले बताएका छन् ।

अन्नपूर्णले सुर्खेत गौहत्या प्रकरणबारे समाचार बनाएको छ । समाचार अनुसार दैलेखमा कसैले पनि गाई नमगाएको खुलेको छ ।

यसअघि दैलेखबाट गाई मगाइएपछि नेपालगञ्जबाट त्यसतर्फ लगिएको समाचारहरु प्रकाशमा आएका थिए । तर, अन्नपूर्णले दैलेखबाट गाई मगाएको नभेटिएको जनाएको छ ।
नागरिकले पनि गौहत्या प्रकरणबारे प्रमुखतापूर्वक समाचार बनाएको छ । उसले सम्पादकीय नै लेखेर यसलाई पशुप्रतिको क्रुरता भनेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?