Comments Add Comment

एटीएमबाट पैसा चोर्दा–चोर्दै ५ चिनियाँ दरबारमार्गबाट पक्राउ

१ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद

१५ भदौ, काठमाडौं । एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै चिनियाँ नागरिक हुन् । पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।

उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ ।

यो पनि पढ्नुहोस बैंकिङ सिस्टम ह्याक, सेवाग्राही मर्कामा

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई जानकारी दिए ।

एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने समूहविरुद्ध काठमाडौं प्रहरी परिसरले विशेष अपरेसन चलाएको थियो । यो समूह पक्राउ पर्नुलाई प्रहरीले ठूलो सफलता ठानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment