
१६ भदौ, काठमाडौं । आज हरितालिका तीज । हिन्दु महिलाहरु विहानैदेखि पशुपतिनाथ मन्दिर पुगेरर हर्षउल्लासका तीज मनाइरहेका छन् । मन्दिर परिसरमा भीड छ ।
बर्तालु महिलाहरुले मन्दिर दर्शनका साथै विहानैदेखि पूजा गरिरहेका छन् । रातै पहिरनमा सजिएका दिदीबहिनीहरु नाचगानका साथ रमाइलो गरिरहेका छन् । सबै उमेर समहूका व्यक्तिहरु भीडमा अटेका छन् ।
सधैं जस्तै भीड हुने भएकोले यो वर्षदेखि पशुपतिको पूर्वी ढोका पनि सर्वसाधारणका लागि खुला गरिएको छ । यसले दर्शनार्थीलाई केही सहज भएको छ ।
मन्दिर दर्शन र पूजाका लागि लाइनमा बसेका बर्तालु दिदीबहिनीहरुको स्वास्थ्यलाई ध्यानामा राखी केही ठाउँमा प्राथमिक स्वास्थ्योपचारको व्यवस्थासमेत गरिएको छ ।
हेरौं पशुपतिनाथका केही तस्वीरहरु –
सबै तस्वीर : चन्द्र आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4