+
+
Shares

‘साहो’को आक्रामक कमाई, प्रभाषको क्रेज बलिउडमा पनि देखियो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १४:२४

निकै नै खराब प्रतिक्रिया पाएको साउथका सुपरस्टार प्रभाष अभिनित चलचित्र ‘साहो’ले बक्स अफिसमा सुरुवाती तिन दिनमा उत्कृष्ट कमाई गरेको छ । चलचित्रको व्यापारिक आँकडाले पनि बलिउडमा समेत प्रभाषको क्रेज बढेको विश्लेषण गरिएको छ ।

साउथमा मात्र सिमित प्रभाषको क्रेजलाई ‘बाहुवली’ले विश्वभर पुर्याएको थियो । हिन्दी भाषामा समेत डब गरिएको यो चलचित्रले ३ दिनमा करिब ८० करोडको कमाई गरेको छ । ‘साहो’ले शुक्रबार २४ करोड, शनिबार २५ करोड र आइतबार २९ करोड माथिको व्यापार गरेको छ । तिन दिनमा चलचित्रले हिन्दी भाषामा ७९ करोडको कमाई गरेको छ ।

समिक्षा निकै नै खराब आएपनि प्रभाषको क्रेजकै कारण इनिसियल रुपमा चलचित्र आक्रामक देखिएको हो । चलचित्रमा नायिका श्रद्धा कपुरको पनि मुख्य भूमिका छ । तर, चलचित्र लामो रेशको घोडा बन्ने संभावना भने छैन । किनकी, खराब समिक्षाका कारण चलचित्रलाई दोहोर्याएर दर्शकले हेर्ने संभावना कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?