+
+
Shares

ब्रेकअपपछि इलियानाको यस्तो आक्रोश

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते ११:०८

बलिउडमा कलाकारको प्रेम र ब्रेकअपको सम्बन्धको खबर कुनै नौलो होइन । यस्तैमा, नायिका इलियाना डिक्रुजको पनि प्रेममा विश्राम लागेको छ । भारतीय मिडियाका अनुसार, इलियाना लामो समयदेखि एन्ड्रयूको प्रेममा थिइन् । तर, उनीहरु अब अलग भएका छन् ।

इलियाना र उनका प्रेमीविचको प्रेम किन टुट्यो भन्ने कारण त सार्वजनिक भएको छैन । तर, इलियानाले आफ्नो एकान्टमा भएका प्रेमीसँगका सबै तस्वीर हटाएकी छिन् । प्रेमीसँगका रोमान्टिक तस्वीर हटाएसँगै पनि इलियाना अब एक्लो भएको वुझ्न सकिन्छ ।

इलियानाले सामाजिक संजालमा लेखेको एउटा स्टाटसले पनि उनी खराब समयसँग जुधिरहेकी छिन् भन्ने वुझ्न सकिन्छ । उनले लेखेकी छिन्–‘तपाई आफ्नो जिन्दगीमा आफ्नो परिवार, साथी र प्रेमीलाई गुमाउन सक्नुहुन्छ । तर, यसले प्रभावित भने बनाउन हुँदैन । तपाइको जिन्दगीबाट कोही पनि मानिस टाढा भएपनि आफूलाई नै गुमाउन भने हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?