Comments Add Comment

कांग्रेस सांसदको प्रश्न : पशुपतिमा राष्ट्रियगान बज्दा किरियापुत्री उभिने कि नउभिने ?

२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले पशुपतिको आरतीमा राष्ट्रिय गान बनाउने निर्णयलाई पञ्चायतको पुनरावृत्तिको संज्ञा दिएका छन् ।

आइतबार संसदको विशेष समयमा बोल्दै सांसद प्रधानले यो धर्म, संस्कृति र परम्परा विरोधी निर्णय भएको बताए । पशुपतिमा आरती मात्र नभई मृतकहरुको दाहसंकार पनि हुने भन्दै उनले भने, ‘राष्ट्रिय गान बन्दा उभिनुपर्छ, जसरी यहाँ (संसदमा) सभामुखदेखि हामी सबै उभिन्छौं । त्यो दाहसंस्कार प्रक्रियामा रहेका पुत्रपुत्री उभिने कि नउभिने ? दाह समात्ने कि उभिरहने ?’

आरती हेर्न स्वदेशी मात्र नभई विदेशीहरु पनि आउने भन्दै उनले राष्ट्रगान बन्दा उनीहरु उभिएनन् भने सम्मान हुन्छ कि बेइज्यत हुन्छ भन्ने प्रश्न पनि गरे ।

सांसद प्रधानले भने, ‘त्यस्तो ठाउँमा राष्ट्रगान बजाउँदा गरिमा हुँदैन, अनादर पैदा हुन्छ ।’

मुस्लिम धर्माबलम्बीहरु शुक्रबार विहान मस्जिदहरुमा जम्मा भएर नवाज गर्ने गरेको भन्दै उनले नमाज पढ्नुअघि पनि राष्ट्रिय गान बजाउ भन्ने हो भन्ने प्रश्न गरे । सरकारले बारम्बार विवादास्पद काम गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment