Comments Add Comment

७५३ सरकारलाई डोजर र मोटर किन्न उद्योग ब्यापार धरासायी बनाइयो : विनोद चौधरी

२२ भदौ, काठमाडौं । उद्योगी विनोद चौधरीले केन्द्रदेखि स्थानीय तहसम्मका सरकारलाई डोजर र व्यक्तिगत सवारी साधन किन्नका लागि उद्योगी व्यापारीलाई चर्को कर लगाएर धराशायी बनाएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद चौधरीले सरकारको साधारण खर्च चलाउन उद्योगी ब्यापारीसँग चर्को राजस्व असुल गर्ने र उद्योग ब्यापार धरासायी बनाइएको आरोप लगाए ।

‘७५३ सरकारलाई डोजरदेखि आफ्ना मोटरसम्मको पै्रसाको जोहो गर्ने क्रममा अर्थमन्त्रीज्यूले नयाँ नयाँ गर्नुभएको राजस्वको प्रयोगमा भएका उद्योगी ब्यापारी र भएको उद्योग ब्यापार धरासायी नहुन्’ उनले भने ।

सरकारकै कर नीतिका कारण अहिले देशमा उद्योग धन्दा सञ्चालन हुन नसकेर आयात बढेको बताए । मुलुकका केन्द्रदेखि स्थानीय तहसम्मका ७ सय ६१ सरकारलाई धेरै पैसा चाहिएको र अर्थमन्त्रीलाई पैसा पुर्‍याउन नयाँ नयाँ करको क्षेत्र खोज्नुपर्ने बाध्यता रहेको भन्दै उनले तर करलाई उत्पादनसँग जोड्न र ब्यापारलाई प्रतिस्पर्धी बनाउन सरकारले ध्यान नदिएको बताए ।

सरकारले सातवटै प्रदेशमा ओद्योगिक क्षेत्र खोल्ने भने पनि सञ्चालन नगरेको बताए । उद्योगका लागि सरकारले पूर्वाधारतयार नगरिदिएको सांसद चौधरीले बताए । विगत ५ वर्षदेखि निर्यात ब्यापार निरन्तर घटेको भन्दै उनले ६ खर्ब रुपैयाँको कृषिजन्य वस्तु आयात हुनु दु:खद रहेको बताए ।

‘यस्ता वस्तु जसलाई निश्चित ढंगबाट प्रतिस्पर्धी बनाउन जे जस्तो वतावरण दिनुपर्ने हो त्यसमा अमूल्य स्रोत खर्च गरेको भए सकारात्मक प्रभाव पथ्र्यो होला’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment