Comments Add Comment

प्रदेशसभा-२ मा सत्तारुढ सांसदकै अवरोध

कमसिनको लोभमा भुक्तानी रोकेको आरोप

२२ भदौ, जनकपुरधाम । प्रदेश २ मा विपक्षीसँगै सत्तारुढ सांसदहरुले नै प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

प्रदेश सरकारको मन्त्रालयगत योजना तथा सांसद विकास कोषमार्फत भएका कामको भुक्तानी समयमा नभएको भन्दै आइतबार सत्ता तथा प्रतिपक्षी सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।

बैठकको सुरुमा सत्तारुढ राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद विदेश्वर यादव ‘विक्की’ ले कोषमार्फत काम भएका योजनाहरुको समेत रकम भुक्तानी नदिँदा प्रदेशको बद्मानी भएको बताए । उनले सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी नगरेसम्म बैठक अवरुद्व गर्ने बताए ।

राजपाकै अर्का सांसद उपेन्द्र महतोले ५ सय बढी आयोजनाको १ अर्ब बढी भुक्तानी हुन बाँकी रहेको बताए । समयमा भुक्तानी नदिँदा महोत्तरीको मटिहानी नगरपालिका २ बर्दाहमा निर्माणधीन धर्मशालाको झ्यालढोका समेत निकालेर लगेको सुनेको उनले बताए ।

राजपाकै अर्काे सांसद नेत्रविक्रम शाहले मन्त्री तथा कर्मचारीमाथि कमिसन लिएर मात्र भुक्तानी गर्ने गरेको आरोप लगाए ।

प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शत्रुधन महतोले ३० प्रतिशतसम्म कमसिन दिनेलाई मात्र भुक्तानी दिइसकेको दाबी गरे । एक साताभित्र भुक्तानी गर्ने मुख्यमन्त्री प्रतिबद्वता पूरा नगरेको तथा सरकार मनोमानीतर्फ उन्मुख भएको उनले बताए ।

नेकपाका अर्का सांसद रामचन्द्र मण्डलले पनि भुक्तानी रोकिँदा आफूअहरु समस्यामा परेको बताए । उनले भने, ‘जानासाथ उपभोक्ता समिति र मजदूरले घेर्छन् । एकदुई पटक जवाफ त दिएँ, तर अब के भन्नु ?’

नेपाली कांग्रेसकी सांसद प्रमिला दासले कमिसन नदिएकै कारण हालसम्म निकासका हुन नसकेको बताइन् ।

सभामुखको रुलिङः अर्को बैठकमा जवाफ दिनू

विपक्षीसँगै सत्तारुढ सांसदहरुको अवरोधपछि सभामुख सरोजकुमार यादवले आधा घन्टा बैठक स्थगित गरे । त्यसपछि बसेको बैठकमा सभामुखले अर्को बैठकमा यसबारे जवाफ दिन प्रदेश सरकारलाई रुलिङ गरेका छन् । त्यसपछि प्रदेशसभा बैठक सुचारु भएको छ ।

प्रदेशको नाम र स्थायी राजधानीको बिषयमा छलफल गर्नुपर्ने भएकाले संसद सुचारु हुन दिएको राजपा सांसद महतोले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment