Comments Add Comment

पूजा र श्रृष्टीलाई प्रश्न–‘कस्तो श्रीमान् मनपर्छ ?’

चलचित्र ‘पोई पर्यो काले’को पत्रकार सम्मेलनमा नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठलाई एउटै प्रश्नको सामना गर्नुपर्यो । दुबैलाई प्रश्न सोधिएको थियो–‘कस्तो श्रीमान् मनपर्छ । काले कि गोरे ?’ चलचित्रको शिर्षक अनुसार, यी दुइलाई यो प्रश्न आएको थियो । श्रृष्टीले भनिन्–‘जो परेपनि मन राम्रो भएको मान्छे परोस् । रंगमा म मत्तलब गर्दिनँ ।’

यता, नायिका पूजा शर्माले भनिन्–‘अनुहार त कहाँ ठोक्किएर के हुन्छ थाहा हुँदैन । यसैले, मन राम्रो भएको मान्छे नै परोस् ।’ पूजा र श्रृष्टीले एउटै खालको उत्तर दिए । कार्यक्रममा बोल्दै नायक आकाश श्रेष्ठले निकै नै राम्रो टिम रहेको भन्दै मिहिनेतका साथ काम गरेको बताए ।

नायक सौगात मल्लले पनि कथावस्तु रमाइलो रहेकाले आफूले काम गरेको बताए । कार्यक्रममा, चलचित्रको शिर्षकलाई लिएर पनि प्रश्न उठेको थियो । जसको जवाफ दिदै निर्देशक शिशिर राणाले भने–‘अहिले पोई भन्ने शब्द सुन्दा दर्शकलाई कस्तो कस्तो लाग्ला । तर, हामीले चलचित्रको माध्यमबाट एउटा सन्देश दिने कोशिश गरेका छौ । चलचित्र हेरिसकेपछि दर्शकले वुझ्नुहुनेछ ।’

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्र कात्तिक ८ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment