Comments Add Comment

यशराजको एक्सन फिल्ममा साहरुख फाइनल

चलचित्र ‘जीरो’को असफलतापछि हच्किएका नायक साहरुख खानले नयाँ चलचित्रमा काम गर्न केही समय लिएका छन् । तर, उनले आफूलाई दर्शकमाझ धमकेदार रुपमा प्रस्तुत गर्ने तयारी गरेका छन् । भारतीय मिडियामा अनुसार, नायक साहरुख खानले नयाँ चलचित्र साइन गरेका छन् । साहरुखले काम गर्न लागेको नयाँ चलचित्रलाई भारतकै सबैभन्दा ठूलो चलचित्र निर्माण कम्पनी यशराज फिल्मस्ले निर्माण गर्दैछ ।

यशराज फिल्मस् स्थापनाको ५० औैं बर्ष पुगेको अवसरमा यो चलचित्रको घोषणा हुनेछ । चलचित्रलाई भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र भनिएको छ । यो चलचित्रलाई अली अब्बास जफरले निर्देशन गर्ने पक्का भएको छ । अली आफैले नयाँ चलचित्रको स्क्रिप्टको काम लगभग सकिएको उल्लेख गरेका छन् ।

अलीले निर्देशन गरेका ‘टाइगर जिन्दा हे, सुल्तान’ जस्ता चलचित्र भारतमा ब्लकबस्टर मानिन्छन् । यसैले, पनि साहरुखले यसपटक कमर्सियल चलचित्रमा काम गर्न लागेको देखिएको छ । साहरुख, केही चलचित्रको असफलतापछि हच्किएका छन् । यसैले पनि उनले नयाँ चलचित्रमा काम गर्न समय लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment