Comments Add Comment

नविना लामाको गुनासो–अर्थमन्त्रीबाटै समानुपातिक सांसदमाथि विभेद भयो

२२ भदौ, काठमाडौं । सत्तारुढ नेकपाकी सांसद नविना लामाले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरुबीचमै विभेद रहेको गुनासो गरेकी छन् । नेकपाबाट समानुपातिक सांसद लामाले अर्थमन्त्रीबाटै यस्तो विभेद भएको बताइन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले अर्थमन्त्रीबाटै समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीच विभेद गरेको बताइन् । उनको भनाइ निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रममा प्रत्यक्ष निर्वाचित सांसदलाई हर्ताकर्ता बनाएको सन्दर्भमा हो ।

सांसद लामाले भनिन्-अर्थमत्रीलेनै समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीच विभेद गर्नुभयो । विभेदको निरन्तरता अब कार्यविधीमा पनि यस्तै आउछ कि ? नीति निर्माण तहमै विभेद भयो भने जनतामा कस्तो सन्देश जान्छ ? बिचार गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment