Comments Add Comment

भारतको चन्द्रयान-२ सम्पर्कविहीन

२१ भदौ, काठमाडौं । भारतको चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि सम्पर्क टुटेको छ । चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि निराश हुँदै फर्किएका छन् ।

इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको बताएका छन् । उनले भनेका छन्, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’

चन्द्रयान-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो । भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय गएका थिए । जब इसरोका अध्यक्षले प्रधानमन्त्री मोदीलाई सम्पर्क टुटेको जानकारी गराए, तब मोदीले उनको काँधमा हात राख्दै सान्त्वना दिएका थिए ।

प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

भारतको पहिलो चन्द्र अभियान चन्द्रयान-१ पनि चन्द्रमाको सतहमा अवतरण गर्न सकेको थिएन । तर त्यसले चन्द्रमाको सतहमा विस्तृतरुपमा पानीको खोजी अघि बढाएको बताइन्छ ।

चन्द्रयान-२ ले चन्द्रमाको सतहमा पानी र खनिजको खोज अघि बढाउनुका साथै चन्द्रमामा गएका कम्पनसमेत मापन गर्ने भनिएको थियो ।

हालसम्म अमेरिका, रुस र चीनले मात्र चन्द्रमामा अन्तरीक्ष यानलाई अवतरण गराउन सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment