Comments Add Comment

वीरगञ्ज राउण्ड टेबल ३ द्वारा परवानीपुरमा विद्यालय भवन निर्माण

२२ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका परिवानीपुरस्थित पशुपति शिक्षा मन्दिर विद्यालयाको नव निर्मित भवनको आइतबार उद्घाटन गरिएको छ ।

प्रदेश–२ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले एक कार्यक्रमकाबीच विद्यालयको उद्घाटन गरेका छन् ।

वीरगञ्ज राउण्ड टेबल ३ नेपालको दीर्घकालिन परियोजना फ्रिडम थ्रु एजुकेशन (शिक्षा मार्फत स्वतन्त्रता) अन्र्तगत भवन निर्माण गरिएको हो । भवन आइतबार नै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

९५ लाख रुपैयाँको लागतमा ७ महिनामा ६ कोठे विद्यालय भवन निर्माण गरिएको वीरगञ्ज राउड टेबल ३ का अध्यक्ष निखिल चाचनले जानकारी दिए ।

वीरगञ्ज राउण्ड टेबल ३ ले यसअघि बाल मन्दिर वीरगञ्ज, वीरगञ्ज राउण्ड टेबल स्कुल, गीता गजेन्द्र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुखचैना, सुन्दरीयामाई प्रावि सुखचैना लगायतका विद्यालय भवन निर्माण गरिसकेको छ ।

राष्ट्रिय अध्यक्ष सौरभ केडियाले राउण्ड टेबल नेपालले शिक्षाबाट वञ्चित बालबालिकाका लागि फ्रिडम थ्रु एजुकेशन परियोजना सुरु गरेको जानकारी दिए ।

परियोजना मार्फत देशभर ४७ वटा विद्यालयका लागि ३ सय २२ वटा कक्षा कोठा निर्माण भइसकेको उनको भनाइ छ । जसबाट २० हजार भन्दा बढी विद्यार्थीहरुले लाभ लिइरहेको दाबी राउण्ड टेबल नेपालले जनाएको छ । कार्यक्रममा विद्यालय भवनका लागि सहुलियत दरमा जग्गा उपलब्ध गराउने दाताहरुलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment