Comments Add Comment

कता हराइन् ‘दर्पण छाया २’की साहारा ?

चलचित्र ‘दर्पण छाया २’ ले ३ कलाकारलाई जन्मायो । नयाँ अनुहारको रुपमा साहारा कार्की र श्रद्धा प्रसाँइलाई जन्मायो भने, नायक पुष्प खड्कालाई चलचित्र क्षेत्रमा अगाडि बढ्न मद्दत गर्यो । पुष्पले सोलो नायकको रुपमा काम गरेको चलचित्र पनि यही नै थियो ।

तर, यो चलचित्र बक्स अफिसमा असफल हुँदा विशेषगरि दुई नायिकालाई पनि घाटा भयो । नायक पुष्प खड्का अहिले चलचित्र क्षेत्रमा जमिरहेका छन् । तर, नायिक साहारा कार्की र श्रद्धा प्रसाँइको हात भने खाली नै छ ।

नायिका साहारा कार्कीले चलचित्र क्षेत्रमा नै आफूले केही गर्ने बताउँदै आएकी थिइन् । तर, उनको सपना पहिलो चलचित्रबाट पुरा हुन सकेन । अमेरिका बस्दै आएकी साहाराले आफ्नै होम प्रोडक्सनबाट बनेको चलचित्र ‘दर्पण छाया २’ कै लागि नेपाल आएकी थिइन् । तर, उक्त चलचित्रको असफलता पछि उनी पुन अमेरिकामा फर्किएकी छिन् । उनलाई अमेरिका पुगेपछि अन्य चलचित्र मेकरले अफर गरेका छैनन् ।

पुष्पले राम्रो स्थान बनाउँदै गर्दा हिट चलचित्रको सिक्वेल असफल हुँदा साहारा र श्रद्धा भने मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment