Comments Add Comment

सुन धितो राख्दा सक्कली, फिर्ता लैजादा नक्कली 

२५ भदौ, विराटनगर । सुन धितोमा राखेर ऋण लिएका सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

धितोमा राखेको सुन फिर्ता गर्दा नक्कली दिने गरेको उजुरी परेपछि प्रहरीले विराटनगर महानगरपालिका– ४ बस्दै आएका जितेन्द्र साह स्वर्णकारलाई प्रहरीले पक्राउ गरेको हो ।

साह दुई वर्षयता बुढीगंगा गाउँपालिका–२ मा गणेश लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । तर सुन धितो राख्ने ग्राहकलाई फिर्ता लैजादा नक्कली सुन दिएको घटना बाहिरिएपछि फरार भएका थिए । पसल छाडेर भागेको उजुरी परेपछि प्रहरीले साहलाई विराटनगरबाट पक्राउ गरेको हो ।

प्रारम्भीक अनुसन्धानका क्रममा साहले सुन पसल मार्फत धितो राखेर ऋण लिने ग्राहकलाई नक्कली सुन दिएर ठगि गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार साहले अन्य सर्बसाधरणलाई पनि ठगि गरेको हुनसक्छ । उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरिएको छ । प्रहरीका अनुसार सेवाग्राहीले ठगि गरेको जानकारी पाए गल्ती भयो भन्दै सुन फिर्ता दिने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment