Comments Add Comment

द्रुतमार्गका पुल र सुरुङको ठेक्का विदेशी कम्पनीलाई मात्र

३० भदौ, काठमाडौं । निर्माणाधीन काठमाडौं-निजगढ द्रुतमार्गमा बन्ने पुल र सुरुङहरु ‘डिजाइन एन्ड बिल्ट’ मोडलमा बनाइने भएको छ । यस्ता मोडलका पुल र सुरुङ निर्माणको ठेक्का विदेशी कम्पनीले मात्र पाउने भएका छन् ।

द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाकाअनुसार ‘डिजाइन एन्ड बिल्ट’ मोडलअनुसार काम गर्दा आधारभूत नक्सांकनका आधारमा ठेकेदार कम्पनीले नै डिजाइन गर्नुपर्ने हुन्छ । त्यसलाई सेनाले स्वीकृत गरेपछि मात्रै काम सुरु गर्न सक्नेछ ।

पुल र सुरुङ बनाउने ठेक्का विदेशी कम्पनीलाई मात्र दिइनेछ । पुल बनाउन ६ वटा कम्पनी सूचिकृत भइसकेको सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । त्यसमा ५ वटा चिनियाँ र एउटा टर्किस कम्पनी छन् ।

सुरुङमार्गका लागि पनि कम्पनीहरु सूचिकृत गर्ने प्रक्रिया चलिरहेको उनले जानकारी दिए । उनले भने, ‘तीन महिनाभित्रै सुरुङमार्ग बनाउने कम्पनी छनोट गरिसक्ने योजना छ ।’

विस्तृत परियोजना प्रतिवेदन -डीपीआर)अनुसार द्रुतमार्गमा ८७ वटा पुल र तीन वटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ ।

भदौ पहिलो साता मन्त्रिपरिषदले स्वीकृत गरेको (डीपीआर) अनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाइनेछ ।

द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर हुनेछ । यो आयोजना लागत १ खर्ब ७५ अर्ब अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस यस्तो बन्ने भयो काठमाडौं निजगढ द्रुतमार्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment