+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पत्रकार महासंघका सचिवसहितका पत्रकार सिंहदरबार परिसरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३० गते १७:२१

३० भदौ, काठमाडौं । रेडियो नेपालबाट निष्काशन गरिएका पत्रकारहरुलाई पुनर्बहालीको माग गर्दै घेराउन गर्न पुगेको पत्रकारको टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरिएका पत्रकारहरुलाई पुनर्बहालीको माग गर्दै पत्रकार महासंघ र नेपाल प्रेस युनियनको टोली सोमबार रेडियो नेपाल घेराउन गर्न पुगेको थियो ।

रेडियो नेपालको कार्यालय नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा महासंघ सचिव रामप्रसाद दाहाल, प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी, केन्द्रिय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, प्रेस युनियन केन्द्रिय सदस्य दिलिप पौडेल, पत्रकार महासंघ डोटी शाखा अध्यक्ष योगेन्द्र बलायर, पत्रकारहरु प्रकाश बम, चक्र कुवंर लगायत रहेका छन् ।

रेडियो नेपालले केही दिनअघि प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत काश बम, चक्र कुँवर र अर्का एक जनालाई निस्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?