Comments Add Comment

अग्रता जोगाउन नसक्दा नेपालले कुबेतसँग खेल्यो बराबरी

३१ भदौ, काठमाडौं । नेपालले एएफसी यू–१६ च्याम्पियनसिप फुटबल छनोटको दोस्रो खेलमा कुवेतसँग १–१ गोलको बराबरी खेलेको छ ।

जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । नेपालले आफ्नो अग्रता जोगाउन नसक्दा कुवतेसँग अंक बाँडेको हो ।

पहिलो हाफमा गोलरहित दुवै टिमले बराबरी खेलेका थिए । दोस्रो हाफमा नेपालले गोल गर्न सफल भयो । खेलको ७४ औं मिनेटमा दीपेश राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । ९० मिनेटसम्म नेपालले अग्रता बनाएको थियो भने खेल लगभग नेपालले जित्ने निश्चित जस्तै थियो ।

तर खेलको अतरिक्त समयमा कुवेतले पेनाल्टी पायो । पेनाल्टीको सदुपयोग गर्दै अब्दुलवाहब अलहिन्दीले गोल गरेपछि नेपालले कुवेतसँग १–१ गोलको बराबरीमा खेल टुंग्याउनु परेको हो ।

समूह ‘ए’ मा रहेको नेपालले अब श्रीलंका र ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

सन् २०२० मा हुने एएफसी यू–१६ च्याम्पियनसिपमा ९ समूहका विजेताले स्थान बनाउने छन् । त्यस्तै, प्रत्येक समूहका दोस्रो स्थानमा रहेकामध्येबाट उत्कृष्ट चार उपविजेता टोलीले पनि च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment