+
+

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १२:२९

१ असोज, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।

नुवाकोट ककनी गाउँपाकिा-५ घर भइ चितवनको राप्ती नगरपालिका-७ मा बस्दै आएका ५८ वर्षीय भरत सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले भवानी बजारबाट पक्राउ गरेको हो ।

२०५९ पुस २१ गते नुवाकोटको साविकको ककनी गाविस-७ सिम्ले (हाल ककनी गाउँपालिका-५) की ७० वर्षीया पदमकुमारी गुरुङको मकैबारीमा शव फेला परेको थियो । सोही घटनामा उनको संलग्नता रहेको सीआईबीले जनाएको छ ।

सुनारले ०५९ पुस २० गते छिमेकीको छोराको छेवर (ब्रतबन्ध) कर्मका बेला नाचगानका क्रममा विवाद भएपछि गुरुङलाई ढुंगाले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?