Comments Add Comment

एनआईबीएल र नेपाल रेडक्रस सोसाइटी सम्झौता

१ असो, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) र नेपाल रेडक्रस सोसाइटी -एनआरसीएस)बीच बैंकको जारी गठित सामाजिक उत्तरदायित्व -सीएसआर)अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबर्द्धनकालागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो सहमतिपत्रहस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधीहरुद्घारा नेपाल रेडक्रस व्यवस्थापनलाई रु ५ लाखको चेक हस्तान्तरण गरिएको थियो । रक्तदान/संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रबर्द्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रमहरू सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल रेडक्रसलाई यो आर्थिक सहयोग गरिएको हो ।

एनआईबीएलले विगतदेखि नै यस्ता किसिमका स्वास्थ्य हेरचाहका गतिविधिहरूमा पहल गर्दै आएको छ र सामाजिक विकासका साथसाथै त्यसमा व्यक्तिगत रुपमासचेत रस्वस्थ्य व्यवहार सामेल गराउन आˆनो भूमिका निर्वाह गर्ने यसको उद्देश्य रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आˆना ग्राहकहरूलाई सेवा पुर्‍याउँदै आएको छ ।

बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकासन युरोमनीद्वारा ‘युरोमनी अवार्ड फर द बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत सम्मानित भइसकेको छ ।

यसका साथै आइक्रा नेपाल -इन्टरनेसनल क्रेडिट रेटिङ एजेन्सी-नेपाल)ले बैंकलाई ए प्लसको क्रेडिट रेटिङ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment