+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

पर्यटकीय क्षेत्रमा डेंगुविरुद्धको अभियान

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १८:४५

१ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले डेंगु रोगको संक्रमण हुन नदिनका लागि पर्यटकीय स्थलहरुमा विशेष अभियान नै संचालन गर्ने भएको छ ।

डेंगु रोगको संक्रमणबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा पनि नराकारात्मक प्रभाव पर्ने देखिएपछि बोर्डले पर्यटकहरुको खाने, बस्ने, भ्रमण गर्ने पर्यटकीय स्थलहरुमा यसको संक्रमण हुन नदिन विशेष अभियाननै संचालन गर्ने योजना तय गरेको हो ।

सोही अभियानको तयारीका लागि बोर्डले बुधबार काठमाडौंमा सम्बन्धित क्षेत्रका चिकित्सकहरुसँग पनि छलफल गरेको छ । पर्यटकीय स्थलहरुमा डेंगु रोगको संक्रमण हुन दिन चिकित्सकहरुसँग आवश्यक छलफल गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

बोर्डले चिकित्सकहरुले दिएको सुझावलाई समेटेर सो रोगको संक्रमण हुन नदिन पर्यटन व्यवसायीहरुलाई पनि सचेत गराउनेछ ।

बोर्डले पर्यटन व्यवसायीहरुसँग मिलेर सो रोगको संक्रमण पर्यटकीय स्थलहरुमा नभएको सन्देश दिने योजना पनि तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?